Logo

प्रचण्डले जेलमा पुगेर रेशम चौधरीलाई भेटेको खुलासा, छिट्टै छुटाउने दाबी



काठमाडौं, १ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रेशम चौधरी छिट्टै छुट्ने घोषणा गरेका छन् । बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रेशम चौधरीलाई छुटाएरै छाड्ने दाबी गरे । उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरे । आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् ।उनले भने,‘रेशम चौधरीलाइृ माननीय बनाउन मुख्य भूमिका खेल्नेपनि मै हुँ । अब पनि उहाँलाई छुटाउने जानकारी गराउँछु । केही समयभित्र रेशम चौधरी छुट्छन् ।’ उनले आफूमाथि लाग्ने गरेको आरोपको खण्डन गर्दै आन्दोलनहरु सिधै सगरमाथा चढेजस्तै हुन्छ । तर, आरोप मात्र लगाउन थाल्नुभयो भने गन्तब्यमा पुग्नुहुन्न ।’

त्यस्तै, उनले आफूमाथि गलत आरोप लगाईएको गुनासो पोखे । दाहालले थपे,‘१७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन ।’ उनले हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका आरोप लगाए । यद्धपी उनले द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको स्पष्ट पारे ।

उनले आफूले थारुहरुको भावनालाई राम्ररी बुझेको दाबी गरे । उनले भने,‘उहाँहरुको भावना बुझेर मैले गर्नसक्ने सबे कुरा गरेको छु । मलाई ताकेर धेरै कुरा यहाँ साथीहरुले राख्नुभएको छ ।’ उनले आफूहरु अहिले चौतारामा सुस्केरा हालिरहेको बताउँदै आन्दोलन भने नसकिएको दाबी गरे । Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्