Logo

भन्सार छली सामान ल्याउने पक्राउ



सप्तरी, १ माघ । भन्सार छली ल्याउँदै गरेको सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलान बिहुल गाउँपालिकाको सडकमा भन्सार छली ल्याउँदै गरेको लेडिज कुर्ता र साडी लगायतका करिब १ लाख रुपैयाँ बराबरको सामान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खडक नगरपालिकाको उपेन्द्र प्रसाद साह र बोदेबर्साईन नगरपालिकाको संजिव कुमार अग्रवाल रहेका छन् । प्रहरी चौकी बेल्हि र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १ च १०१७ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा भन्सार छली ल्याएको उक्त सामान सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्