Logo

करिश्माको टाटुको चर्चा



काठमाडौं, २ माघ । नायिका करिश्मा मानन्धर आकर्षक पोशाकसहित ऋषि धमलापुत्री एरिका धमलाको गुन्युचोलीमा पुगेकी थिइन् । पति बिनोद मानन्धरसँग पुगेकी उनी धपक्कै बलेकी जसरी श्रृंगारिएकी थिइन् ।

धेरैको दृष्टिमा परेकी करिश्माको टाटुले यसपटक फेरि चर्चा पायो । उनले टाटु देखिने गरी पोशाक लगाएकी थिइन् । करिश्माले केही समय बसेर शुभचिन्तकहरुसँग भलाकुसारी गरिन् । नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङसँग बसेर तस्बिर पनि खिचाइन् । उनले खिचाएको तस्बिरहरुमा पनि टाटु प्रष्ट देखिन्थ्यो ।

Photo Source: Karishma Manandhar Facebook Page



प्रतिक्रिया दिनुहोस्