काठमाडौं, २ माघ । सरकारले युरोपेली लगानी बैंकको १२ अर्ब ७६ करोड ऋण लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले ऋण स्वीकृतीको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
युरोपेली लगानी बैंकको ऋण विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनामा खर्च गरिने जनाइएको छ । ऋण सहुलियत ब्याजमा प्राप्त भएको बताइएको छ ।
यसैगरी, पूर्वाधार निर्माणका लागि विभिन्न स्थानमा जग्गा अधिग्रहणको स्वीकृति दिइएको छ । जसमध्ये कोटेवर जटिबुटी खण्डको सडक विस्तारका लागि ६ आना १ पैसाको ५ ख को कित्ता नं १६९ को बनेको घर समेत परेको छ ।