काठमाडौं, ५ माघ । सभामुख चयनलाई अनुमोदन गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बसिरहेको छ । विहान अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्ड बसेर सहमति निकालेपछि बैठकले नामको अनुमोदन गर्नेछ ।
नेकपा स्रोतका अनुसार ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेर सभामुखमा अग्निप्रसाद सापकोटाको नाममा सहमति निकालेका थिए । सापकोटाको नामबारे सचिवालय बैठकमा छलफल गरी अनुमोदनको तयारी हुनेछ ।
सभामुख उम्मेदवार चयनलगत्तै भोलि बस्ने संसद बैठकबाट प्रक्रिया अगाडि बढाइनेछ । त्यसअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने बुझिएको छ ।-File Photo