वीरगन्ज, माघ ६ । सुक्खा बन्दरगाह सञ्चालनमा आएको १५ वर्षमा १० गुणाले व्यापार बढेकाले संरचना अपुग भएको छ।यो बन्दरगाहमा तेस्रो मुलुकबाट मालवस्तु बोकेर आउने कन्टेनरका कार्गो, फलाम उद्योगका कच्चा पदार्थको रुपमा आयात हुने विभिन्न खाले फलामको बल्क कार्गो, रासायनिक मल, चिनी, खाद्यान्न, पशुपक्षीको दाना बनाउने मकै–भटमासलगायत बोरा बन्द सामान ल्याउने कार्गोको बढ्दो आयात धान्न सुक्खा बन्दरगाह अब अपुग हुने भएको हो। आर्थिक वर्ष ०६१र६२ मा सुक्खा बन्दरगाह सुरु हुँदा ८५ वटा मालबाहक ‘रेक’ आएकामा अहिले गत वर्ष यो संख्या आठ सय ६४ पुगेको छ। चालु वर्ष हजार नाघ्ने अनुमान गरिएको छ।
‘मासिक सय रेक माल सामान सुक्खाबन्दरगाहमाआइपुग्नथालेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य तथासडक पारबहन समितिका सभापति अशोक टेमानीले नागरिकसँग आइतबार भने,‘आयातका साबिक संरचना अब अपुगहुनथालेको छ।
अझ कारोबार थपिएपछि केहोला।’ टेमानीका अनुसार मुजफ्फरपुरमा अनलोड भइरहेका क्लिंकरका रेक, रक्सोलमाअहिलेअनलोड भइरहेकारेक र सडकबाट रेलतर्फ डाइभर्ट भएर आउनेअनुमान गरिएको रेक जोड्दा मासिक अर्को सय बढीभिœयाउनुपर्नेछ। पुरानो संरचनाले अब धान्न सक्ने देखिँदैन। सडकभन्दा सुरक्षित, छरितो र कमखर्चिलो हुने भएपछि आयात व्यापारका लागि रेल्वेलाई भरपर्दो मानिन्छ।
भौतिक पूर्वधार
यो सुक्खा बन्दरगाहर भारतीय रेल सञ्जालमार्फत समुद्री बन्दरगाहसँग जोडिएको देशको एकमात्र संरचनाहो। यहाँभारतका कोलकाता, हल्दिया र बिशाखापट्नम गरी तीन बन्दरगाहमा आएका तेस्रो मुलुकका कन्टेनर कार्गो र बल्क कार्गोसँगै भारतबाटै फलाम लिएर आउने बल्ककार्गो रेलमा ढुवानी भई सडकको तुलनामा छिटोछरितो आउने गरेको छ। वीरगन्ज महानगरपालिका वडा नं। २५, सिर्सियामा पर्ने यो बन्दरगाह ३८ हेक्टर ९५७बिघा०मा फैलिएको छ।
एकपटकमा १५ सय ८६ वटा कन्टेनर ह्यान्डलिङ गर्ने क्षमताको ६ सय ८५ मिटर लम्बाइ र ६४ मिटर चौडाइको कन्टेनर झार्ने र चढाउने यार्ड छ। अहिले भने यस बन्दरगाहमा क्षमता भन्दा करिब डेढ गुणा बढी ९दुईदेखि अढाइ हजार०सम्म कन्टेनर एकसाथ ह्यान्डलिङ भइरहेको छ।नागरिक दैनिकबाट