Logo

वैदेशिक लगानीसम्बन्धि प्रतिबद्धतामा सुधार



काठमाडौ, माघ ९ । नेपालमा वैदेशिक लगानी सम्बन्धि प्रतिबद्धतामा सुधार आएको छ । वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनजस्ता कारणले सुधार आएको हो ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामै वैदेशिक लगानी प्रतिबद्धता २७ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ, जुन गत आवको कूल प्रतिबद्धताभन्दा झन्डै दुई अर्ब रुपैयाँले बढी हो ।

उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पहिलो छ महीनामा २७ अर्ब २८ करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धताका १५० कम्पनी उद्योग विभागमा दर्ता भएका छन् ।

यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा, सूचनाप्रविधि तथा ऊर्जा क्षेत्रमा धेरै लगानी देखिएको आजको आर्थिक अभियानमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्