Logo

आगो निभाउन गएको विमान आफै जलेपछि…



अष्ट्रेलियामा आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सी १३० हर्कुल्स विमान बिहिबार न्यु साउथ वेल्सको हिमालमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन अमेरिकी नागरिकको निधन भएको छ । उनीहरु सबै विमानको चालक दलका सदस्य हुन् । विमान अष्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घन्टा यात्रादुरीमा दुर्घटनामा परेको हो ।

अष्ट्रेलियामा संचालन हुने उक्त विमान क्यानडेली अग्नि नियन्त्रक कम्पनि कल्सन एभियसनको हो । ३० वर्ष अघि स्थापित कम्पनिले एक लाख १० हजार घन्टा सुरक्षित उडान पूरा गरिसकेको उल्लेख छ । दुर्घटनाग्रस्त विमानले १५ हजार लिर पानी या अग्नि नियन्त्रक वस्तु बोक्न सक्छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्