Logo

दिपक मनाङेलाई पक्राउ गरिदै



काठमाडौं, ९ माघ । प्रहरीले प्रदेशसभा सांसद राजीव गुरुङ अर्थात् दिपक मनाङेलाई पक्राउ गर्ने भएको छ । उनीमाथि एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङले किटानी जाहेरी दिएपछि पक्रऊ पूर्जी जारी भइसकेको छ ।

कास्की जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गर्दैछ । पक्राऊ गर्नुअघि प्रदेश संसदका सभामुखलाई जानकारी गराइएको समेत बुझिएको छ ।

एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई मनाङेले मंगलबार कुटेका थिए । आफूले गुरुङलाई कुटेको स्वीकार्दै दिपक मनाङेले मंगलबार भेटेको भए एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई नै कुट्नेथिएँ भनी बोलेका थिए ।

मुख्यमन्त्री कपको व्यवस्थापनको कमजोरीलाई लिएर दिपक मनाङेले मिलन गुरुङलाई कुटेका थिए । कुनैबेला गुण्डागर्दीमा नाम कमाएका मनाङे पछिल्लो समय सांसद निर्वाचित भएका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।



प्रतिक्रिया दिनुहोस्