Logo

नेपाल एयरलाइन्सका २० पाइलटको एकैपटक राजिनामा



काठमाडौं, १० माघ । नेपाल वायुसेवा निगममा कार्यरत २० पाइलटले सामूहिक राजीनामा दिएका छन् । राजीनामा स्वीकृत गर्न उनीहरुले तीन महिनाको समय दिएका छन् । त्यो अवधिसम्म माग पुरा नभए निगमको अन्तर्राष्ट्रिय उडान नै ठप्प हुने अवस्था छ ।

राजीनामा दिने पाइलटहरुमा श्रवण रिजाल, प्रदीप राजभण्डारी, सुवास रिजाल, प्रचण्ड खड्का, महेश्वरमान डंगोल, एनबी विश्वकर्मा, आरके शेरचन, सञ्जय पौडेल, मुकेश कुमार गुप्ता, सुनिल श्रेष्ठ, अर्पित श्रेष्ठ, प्रशान्त राईलगायत रहेका छन्। निगमको प्रमुख कार्यकारीलाई सम्बोधन गर्दै बुझाइएको राजीनामापत्रमा उनीहरुले धेरै उडानमा नेपाल वायुसेवा निगमको पाइलटको स्थायी कर्मचारीका रुपमा काम गरेको उल्लेख गर्दै आफूहरुप्रति व्यवस्थापकीय पक्षले विभेद गरेकोले राजीनामाको सूचना पत्रमार्फत लेखेको बताएका छन्।

विदेशी पाइलटलाई १५ लाख तर आफुहरुलाई पाँच लाख मात्र तलब दिएको भन्दै उनीहरुले विरोध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्