Logo

एयर इन्डिया संकटग्रस्त भएपछि भारत सरकार बेच्ने तयारीमा



नयाँदिल्ली, १४ माघ । भारत सरकारले राष्ट्रिय ध्वज बाहेक विमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पुर्र्ण सेयर विक्रि गर्ने योजना सोमबार सार्वजनीक गरेको छ । भारतको आर्थीक मन्दीसँगै राजस्व संकलनमा प्रभान पर्न थालेको बेला कम्पनिमा थप पुजी लगानी गर्न नसकिने भारत सरकारको धारणा छ ।

भारत सरकारले गत वर्ष नै कम्पनिको आंशकि सेयर बिक्रिका गर्ने योजना सार्वजनिक गरेर प्रस्ताव माग गरेपनि कुनैपनि समुहले कम्पनि खरिद गर्न इच्छा देखाएका छैनन् । तरयस पटक भने सरकारले सम्पुर्ण रुपमा सेयर विक्रि गर्ने योजना अघि सारेको छ । सरकरले सोमबार बिहान विमान कम्पनी खरिद गर्न चाहानेहरुबाट इच्छापत्र माग गरेको छ ।एयर इन्डियाले हाल स्वदेश र विदेशका धेरुै गन्तव्यमा उडान भरि।सकेको छ । तर विगत दशकमा कम्पनिको आम्दानीका व्यापक गिरावट आएपछि सरकारले हरेक वर्ष लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस कम्पनीको हाल आठ अर्ब अमेरिकी डलर ऋण छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालमा संचालित धेरै बटा कम्पनीलाई निजकिरणलाई प्रोत्साहन ग रेको जनाएका छ ।

भारतको अर्थतन्त्रको बृद्धि गत जुलाई देखि सेप्टेम्बरको अवधिमा ४.५ प्रतिशत मात्र छ । यो सन् २०१८ यता सबैभन्दा न्युन हो । मोदी सरकारले एयर इन्डियामा विदेशी लगानीकर्ता आर्कषित हुने ठुलो विश्वास गरेको छ । सरकारले आगामी मार्चसम्ममा सरकारी सेयर बिक्रिवितरणमा करिब १५ अर्ब डलर सरकारी कोषमा सञ्चीत हुने बताइको छ । एयर इन्डियाले सन् २०१९ मा देश भित्र एक करोड ८३ लाख ६० अजार यात्रुलाई सेवा दिएको थियो । तर सरकारी निति, नियम र हस्तक्षेपका कारण यस कम्पनिले निजी क्षेत्रका कम्पनी संग प्रतिस्पर्धा गर्न नसकी चाहे जति प्रगती गर्न सकेको छैन । खासगरी सन् २००७ मा इन्डियन एयरलाइन्ससंग मर्ज गरेपछि कम्पनीको घाटा हरेक वर्ष बढेको छ ।

एयर इन्डियासँग आल १२१ वटा विमान तथा एयर इन्डिया एक्प्रेसमा २५ वटा विमान रहेका छन् । भारतीय समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार एयर इन्डियाका कर्मचारी युनियनले सोमबार सरकारका प्रतिनिधि सँग कम्पनीको निजिकरणका विषयमा छलफल गर्न लागेको छ । गत साता अन्र्तराष्ट्रिय मुद्रा कोषले भारतको आर्थिक बृद्धि जटिल अवस्थामा रहेको र तत्काल सुधारका कार्यहरु अगाडी नबढाए समस्या अझ बढ्ने बताएको थियो ।-नागरिकदैनिकबाट



प्रतिक्रिया दिनुहोस्