रुपन्देही, माघ १५ । प्रदेश नम्बर पाँचले ल्याएको योजना अनुसार स्वास्थ कार्याmय रुपन्देहीले जिल्लामा यही मा द्ध महिनादेखि ८४ वर्ष उमेर पुष्ेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ उपचार सेव सुरु गरेको छ ।
जिल्लाभरका ८४ वर्षमाथिका नागरिककालई घरमै स्वास्थकर्मी पठाएर स्वास्थय सेवा प्रदान गरिएको स्वास्थ कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । प्रदेश सरकारले प्रदेश अन्र्तगतका १२ जिल्लामा ८४ वर्षमाथीका नागरिकलाई आर्थिक अभाव तथा अस्पताल जान नसकेर स्वास्थसेवाबाट बञ्चित हुन नपरोस भनेर गतवर्षदेखि उक्त सेवा सुरु गरिएको हो ।
सोहि कार्यक्रमलाई यसबर्षपनि निरन्तरता दिइएको जनाइएको छ । अहिले भैरहवामा घरमै पुगेर स्वास्थकर्मीले सेवा दिईरहेका छन् । गतवर्ष असारमा मात्रै निर्देशिका आएकाले जिल्लाका एक हजार आठ सय ९१ जनालाई स्वास्थ्यसेवा प्रदान गरिएको जनाइएको छ ।
जिल्लामा तीन हजार चार सय ४० जना ८४ वर्ष माथिका नागरिक रहेको र ती नागरिकलाई घरमै पुगेर स्वास्थ सेवा दिईरहेको जनाइएको छ । गोरखापत्र दैनिकबाट