Logo

यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’



काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यती समूहसँग आफ्नो पार्टीको कुनै घनिष्ठ सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले ब्ल्याकमेलरले ब्ल्याकमेल गर्न नपाएर यति समूहलाई गोकर्ण रिसोर्ट दिएकोले विरोध गरेको पनि आरोप लगाए ।

उनले भने,“यती होल्डिङ्स हाम्रो घनिष्ट र मितेरी साइनो हो कि भन्ने व्याख्या गर्न थालिएको छ, मदन भण्डारीले पासाङ ल्हामुलाई बिदाइ गरेको फोटोसमेत जोडेर अहिले आलोचना गरिएको छ । उहाँले शुभकामना दिएर पठाउनुभएको थियो । त्यसलाई पनि जोडेर ल्याइएको छ । १२ वर्षअघि कोङ्दे रिसोर्ट बन्यो अहिले ल्याइएको छ ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा कालीमाटीको जग्गा लिजमा दिइएको सुनाउँदै ओलीले भने,”शेरबहादुरजीको पालामा दिइएको छ । प्रक्रिया पुर्याएरै दिइएको रहेछ । तर अहिले विरोध भइरहेको छ ।”

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्