काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टीको ठोस कार्यक्रम जनताको जनवाद नै हुने भएको छ । जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार गरेको राजनीतिक प्रतिवेदनमा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद भएको उल्लेख छ ।
‘आज हाम्रो पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मूख जनताको जनवाद हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ,’ प्रतिवेदनको ३ नम्बर बुँदाको पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा शिर्षकमा उल्लेख छ । पार्टी पंक्तिमा बुझाईमा एकरुपता ल्याउन जरुरी रहेको भन्दै यो विषयलाई प्राथमिकतामा राखिएको छ ।
मदन भण्डारी र जबजको योगदान तथा माओवादी जनयुद्धबारे उल्लेख गर्दै त्यसको योगदानबारे विश्लेषण र संश्लेषलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनुपर्ने भनिएको छ । नेकपाले मार्ग दर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादको दर्शन नै भनेको छ ।-Photo: Mukunda Kalikote/reportersnepal