ललितपुर, १८ माघ । चौंथो अर्गानिक कृषि मेला २०७६ शुक्रबारबाट पाटन संग्राहलयमा शुरु भएको छ । १७ माघबाट २० माघसम्म मेला चल्नेछ । मेलामा उल्लेख्य संख्यामा कृषक देखि यस क्षेत्रमा चासो दिनेहरु पुगेका छन् । देशलाई अर्गानिक उत्पादनको केन्द्र बनाउने उद्देश्यले अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजघां टि स्टेट एण्ड रिसर्ज सेन्टरको संयुक्त आयोजनामा शुरु भएको मेलामा अर्गानिक कृषि उत्पादनको प्रदर्शन गरिएको छ ।
मेला उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतीलाल दुगडले नेपाललाई अर्गानिक राष्ट्र घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे । दुगडले नेपाल प्राकृतिक रुपमा अर्गानिक देश भएता पनि पछिल्लो समय सजिलो जीवन यापन र धेरै उत्पादन गर्ने होडबाजीका कारण बिदाषीको प्रयोग भएता पनि मानविय स्वास्थ्यका लागि हानिकारक कृषि उत्पादनलाई निरुत्साहित गर्नु पर्ने बताए ।
देशलाई बिषादी रहित कृषि उत्पादनमा लगाउने चर्चा र प्रयास भइरहेका बेला राजधानीको ललितपुर स्थीत पाटन संग्राहलयमा शुरु भएको अर्गानिक कृषि मेलाले नेपाली अर्गानिक कृषि उत्पादनलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने राज्यमन्त्री दुगडले बताए।
अर्गानिक मेलामा ५० भन्दा बढी अर्गानिक उत्पादनका स्टलहरु राखिएका छन । बिश्व बजारमा अत्याधिक माग रहेको नेपालका अर्गानिक उपजको उत्पादन गर्न सके बजारीकरणको समस्या नभएको अर्गानिक एशोशिएन नेपालका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले बताए ।
मेलामा नेपालमा नै उत्पादन भएका अर्गानिक चिया, मह, तरकारी, हस्तकलाका सामाग्री जस्ता सामाग्रीहरु मेलामा राखिएको छ । नेपाली आर्गनिक उत्पादनका बारेमा जनचेतना जगाउन र बजार प्रबद्र्धनका लागि मेलाको आयोजना गरिएको मेला मुल आयोजक समितिका संयोजक शान्ता बाँस्कोटा कोइरालाले बताइन् ।
स्वास्थ जीवन शैलीका लागि अपरिहार्य बन्दै गएको अर्गानिक उत्पादनका कृषि उपजहरुको प्रयोगले आम नागरिकको स्वास्थमा सकरात्मक प्रभाव पार्ने भएकाले पनि यसलाई प्रबद्र्धनमा सबैको सहयोग आवश्यक रहेको मेलामा सहभागिहरुले बताएका थिए ।