Logo

रुसमा जन्मिएकी अमेरिकी केनिनले जितिन् अष्ट्रेलियन ओपन



वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि सोफिया केनिनले जितेकी छिन् । उनले आज भएको प्रतिष्पर्धात्मक खेलमा स्पेनकी मुगरुजालाई तीन सेटको खेलमा पराजित गरेकी हुन् ।

खेलको पहिलो सेट गुमाएपनि दोस्रो र तेस्रो सेटमा केनिन हावी भइन् । खेल ४-६, ६-२ र ६-२ ले केनिनले जितिन् । केनिन बाल्यकालमा बाबुआमासँगै अमेरिका बसाईं सरेकी हुन् । मस्कोमा जन्मिएकी उनी एलेक्स केलिन र स्भेटलाना केनिनकी छोरी हुन् । २१ वर्षीया केनिन धेरैजसो दाबेदारलाई पन्छाउँदै जित निकाल्न सफल भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्