Logo

नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमद्वारा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं, माघ १९ । नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘आयुर्वेद प्राकृतिक तथा मौलिक चिकित्सा उपचार पद्वति हो, यसको उपयोग गरौँ, अनि सधैँ स्वस्थ रहौँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त शिविरमा ७७ जनाको स्वास्थ परिक्षण गरिएको संस्थाले जानकारी गराएको छ ।

नागर्जुन नगरपालिका वडा नम्बर ३ को वडा कार्यलयमा सञ्चालन भएको शिविरमा आयुर्वेद पद्वतिद्वारा वरिष्ठ चिकित्सकहबाट विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँचसँगै परामर्श सेवा प्रदान गरिएको जनाइएको छ । उक्त अवसरमा निःशुल्क रुपमाऔंषधि वितरण गरेको पनिआयुर्वेद हेल्थ होमकी संचालक ममता रानाभाटको भनाई रहेको छ ।

उक्त शिविरमा पाइल्स, फिस्टुला, फिसर, कब्जियत, ग्याष्ट्रिक, अल्सर, जन्डीस, पिनास, माइग्रेन ९टाउको दुख्ने०, बाथ रोग, युरिक एसिड, दम, उच्च रक्तचाप, सुगर , नशाको समस्या, स्त्रीरोग, महिनावारी समस्या लगायत विभिन्न रोगहरुको वरिष्ठ चिकित्सकहरुको सहभागितामा निःशुल्क स्वास्थ्य जाँच गरि बिरामीहरुको सेवाको लागि सक्दो सहयोग पुर्याउने हेल्थ होमकी अध्यक्ष समिता केसीले कर्णाली सन्देशलाई जानकारी दिएकी छन्।

अध्यक्ष केसीले भनिन्, ‘नमो क्षेत्रपाल हेल्थ होमले विभिन्न समयमा विभिन्न ठाँउहरुमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु गराउँदै आइरहेको छ। जसबाट हजारौँले स्वास्थ्य लाभ पनि प्राप्त गरिसकेका छन्। आगामी दिनमा यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु दुर्गम गाँउ ठाँउहरुमा पनि सेवा प्रदान गर्ने लक्ष्य रहेको छ।’



प्रतिक्रिया दिनुहोस्