Logo

जब बाबुरामलाई एयरहोस्टेसले चिनिनन्..



काठमाडौं, १९ माघ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंबाट विराटनगरको आजको जहाज यात्राको रमाईलो किस्सा सार्वजनिक गरेका छन् । विराटनगर उड्दै गर्दा विमान परिचारिका अर्थात एयर होस्टेसले उनलाई तपाई डाक्टर होईन ? भन्दै सोधेको प्रसंग सेयर गरेका छन् । तर, उनलाई आफू बाबुराम भट्टराई भएको भन्ने कुनै जानकारी नभएको पनि उनले सुनाएका छन् ।

तर, चतरानिर कोशीपुलमा भने सानो चिया पसलमा एक युवतीले आफ्नो नाम लिएर चिच्याएको पनि उनले प्रसंग उल्लेख गरेका छन् । एयरहोस्टेसले चाहीँ चिकित्सककहाँ जाँदा देखेर तपाई डाक्टर हो भनेर सोधेको तर चिया पसलमा ती युवतीले चाहीँ फोटो र टिभीमा देखेर चिनेको बताएकी थिईन् ।

आफ्नो ट्विटर ह्याण्लमा बाबुरामले यस्तो लेखेका छन्-“बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्-तपाईं डाक्टर हो?म-हैन!किन सोध्नुभो?उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर!केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो!पसले युवती चिच्याइन्-ओहो बाबुराम?म-कसरी चिन्नुभो?उनी-फोटो र टिभीमा देखेर!मनमन-शहर र गाउँको राजनीतिक चेत?वा हामी outdated?” File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्