काठमाडौ । कृषि क्षेत्रमा तोकिएको न्युनतम कर्जा नप¥याएपछि राष्ट्र बैंकले नेपाल बंगालादेश ९एनबी० बेंकलार्य चार करोड रुपैयाँ जरिवाना गरेको छ । एनबी बैंकले गत असारसम्म कृषि क्षेत्रमा तोकिएको न्युनतम कर्जा पु¥याउनु पर्ने थियो ।गत असारसम्म वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको न्युनतम १० प्रतिशत, ,ऊर्जा तथा पर्यटन मा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्रबैकको निर्देशन छ ।
सो अवधीमा ऊर्जा र पर्यटनमा तोकिएको कर्जा पुगेपनि कृषिमा कुल कर्जाको ८।५२ प्रतिशत मात्र लगानी भएको थियो । यहि कारण राष्ट्र बंैकले कारबाही गरेका हो । २७ प्रतिशत बैंक मध्ये तोकिएको क्षेत्रमा कर्जा नपुगेको भन्दै कारबाहमिा पर्ने बैक एनबी मात्र हो । ‘कृषिमा न्युनतम कर्जा नपुगेपछि बैंकले प्रवाह गर्दै आएको उच्च व्याजदर १७ प्रतिशत का दरले हर्जना लगाइएको हो । असारसम्म कृषिमा १० प्रतिशत लगानी नपुगे पनि असोजसम्म पुगेको छ । राष्ट्रबै।कले भने असारसम्मको कर्जाका आधारमा कारबाही गरिएको हो ।
राष्ट्रबैकका अनुसार कगत असारसम्म वाणिज्य बैंकहरुले करिब ७ खर्ब १६ अर्ब रुपैयाँ कृषि, ,ऊर्जा रपर्याटनमा लगानी गरेका छन् । यो बैंकहरुले कुल कर्जा तथा सापटीको करिब ३० प्रतिशत हो । वाणिज्य बैकले कुल कर्जा तथा सापटकिो न्युनतम २५ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्र मा लगानी गर्नुपर्नै अनिवार्य व्यवस्था छ । हालसम्म यो व्यवसथा परिमार्जन गरेर राष्ट्रबैकले प्राथमिक क्षेत्रकाृे दायरा फराकिलो बनाएको छ ।नयाँ व्यवस्थामा पनि बैकहरुले कृषिमा कुल कर्जाको १० प्रतिशत लगानी गर्नुपर्छ । कान्तीपुर दैनिकबाट