काठमाडौ, १९ माघ । भारतमा नरेन्द्र मोदीको प्रधानमन्त्री भएपछिको दास्रो कार्यकालको दास्रो वजेट प्रस्तुत भएको छ । भारतका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले भारतीय संसदको तल्लो सदन लोकसभामा आर्थिक वर्ष सन् २०२१ का लागी १० प्रतिशतले आर्थिक बृद्धिको लक्ष्यसहितको वजेट प्रस्तुत गरेकी हुन् ।
वित्त मन्त्री सीतारमणले आव सन् २०२१ मा सरकारले आम्दानकिो लागी २२.४६ लाख करोड हुने र खर्च भने ३०.४२ लाख करोड भारतीय रुपियाँ हुने गरिु वजेट प्रस्तुत गर्नुभएको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् ।
सन् २०२० र २०२१ का लागी ल्याइएको वजेटमा बजेट घाटा आव सन् २०१९–२० मा ३.८ प्रतिशत र सन् २०२०-२१ मा ३.५ प्रतिशत अनुमान गरिएको छ ।
उक्त बजेटमा नेपाललाई दिईने अनुदान १२ अर्ब भारतीय रुपियाँबाट घटाई आठ अर्ब भारुमा झारिएको छ । नेपालस्थित भारतीय राजदुताबासमार्फत सोझै र नेपाल सरकारमार्फत भारतीय राजदुतावास मार्फत भारतीय अनुदानका विभिन्न आयोजना सञ्चालन हुने गरेकाले गत वर्षका तुलनाका ३३ प्रतिशतले कटौती गरिएको जनाइएको छ ।
आव २०१९–२० को माध्यवधि बजेटमा नेपालका लागी सहयोग बढाएर १२ अर्ब भारु पु¥याइएको थियो । सोही आवको पुर्ण बजेटमा १० अर्ब करोड भारु सहयोग दिने प्रस्तावित गरिएको थियो । भारतीय बजेटमा भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने उल्लेख छ । गत वर्ष २०१९–२० को मध्यावधि बजेटमा भुटानलाई दिने भनेर प्रस्तावित गरिएको सहयोग भन्दा करिब आठ प्रतिशत बढि हो । गोरखापत्र दैनिकबाट