पाल्पा, माघ १९ । पुर्वखोला गाउँपालिकाले हजार दिनका गर्भवती तथा सुत्केरी आमाहरुलाई च्याउको बीउ वितरण गरेका छ ।
गाउँका गर्भवती तथा सुत्केरी ९सुनौला हजार दिनका आमा० लाई पाँच/पाँच वटा बल च्याउको बिउ वितरण गरेको गाउँपालिकाको प्रवक्ता नीरु बहादुर सारुले बताए ।
हजार दिनका बच्चाहरुको मानसिक तथा शारीरीक अवस्थामा सुधार ल्याउन गाउँपालिकाले एक सय पाँच जना महिलालाई कन्ये च्याउका बीउ प्रदान गरेको सारुले जानकारी दिए ।
सुनौला हजार दिनकनो अवधमिा बच्चाको ८० प्रतिशत मानसिक र शारीरीक बृद्धि विकास हुने भएकालले पौष्टिक तत्व प्राप्त हुने च्याउ प्रदान गएिको हो ।
च्याउमा प्रोटीन ,क्याल्सियम, आइरन , फाइवर आदी महत्वपुर्ण पोषकतत्व पाइने हुदाँ गर्भावस्थामा बच्चाको मानसिक र शारीरीक अवस्था सुधार हुने जल्पा स्वास्थ्य चौकीका प्रमुख पदमबहादुर दर्लामीले बताए ।
च्याउको बीउ पाउने महिलाहरुले च्याउ खेतीसम्बन्धि तालिम लिइसकेका छन् । पुर्वखोला गाउँपालिका छ महिना अधि पुर्ण संस्थागत सुत्केरी घोषीत भइसकेको छ । मातृ तथा शिशु मृत्युदर घटाउन गाउँपालिकाले एक वर्ष अघि देखि नै यसै वडामा बर्थिङ सेन्टर सञ्चालन गरको छ । गोरखापत्र दैनिक बाट