Logo

९६ वटा पुल निमार्णको काम अलपत्र



काठमाडौं, माघ २१ । निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल निमार्णको काम अलपत्र अवस्थामा रहेका छन् ।

सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब दुई हजार ९१ वटा पुलमध्ये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वटा पुल अलपत्र अवस्थामा पाइएको छ ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले पुल निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन रहेको भन्दै आक्रोश व्यक्त गरे ।

सांसादहरुले अन्तरमन्त्राल समन्वय हुन नसक्दा विकास निर्माणका कामहरु प्रभावित भएको भन्दै समन्वयकारी भूमिका कमजोर भएकोप्रति ध्यान दिनुपर्ने बताएको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्