२१ माघ : केन्याका पूर्व शिक्षक तथा लामो समयसम्म राष्ट्रपति कार्यकाल सम्हालेको ड्यानियल आराप मोईको निधन भएको छ। ड्यानियलको ९५ वर्षको उमेरमा मंगलबार निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ। मोईको निधनमा राष्ट्रपति उहुरु केन्याट्टाले आफ्नो कार्यालयबाट विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेका छन् । उनले केन्यामा करिब २४ वर्षसम्म राष्ट्रपतिको कार्यभार सम्हालेका थिए ।
केन्याको राजनीतिमा उनको महत्वपुर्ण योगदान रहेको भन्दै उनको निधनमा केन्या स्तब्ध भएको छ। केन्याका गृहमन्त्री समेत रहेका मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो। उनी केन्याका दोश्रो राष्ट्रपति भएका थिए । केन्यालाई स्वतन्त्र बनाउन उनले ठुलो भूमिका समेत खेलेका थिए ।