Logo

मासुको मूल्यवृद्धिले रच्यो किर्तिमान



काठमाडौ, २१ माघ । मासुको मूल्य वृद्धिले अहिलेसम्मकै किर्तिमान कायम गरेको छ । मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । यसमा ठूलो चलखेल देखिएको छ । ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुरा मासुको मुल्य अहिलेसम्मकै उच्च भएको हो ।

पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्रि भएको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँसम्म पुगेका छ । बजारमा कुखुराको मूल्य आकाशिएपछि विक्री पनि कम हुनथालेकोछ ।

व्यवसायीले जानाजान मुल्य बढाएको गुनासो बढेको छ । तर, सरकार भने मुकदर्शक बनेको छ । मासु तथा अण्डा उत्पादनको हकमा पशु सेवा विभाग र मुल्य वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ । तर ,यी दुई निकायले अनुगमन नै गरेका छैनन ।

मासु र अण्डामा पनि सिन्डिकेट देखिएको छ । केही ठूला उत्पादकले चाहेको बेलामा मूल्य वृद्धि गर्ने र घटाउने गरी क्रियाकलाप गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्