Logo

‘न्यारोबडी’ खरिदबारे छानबिन गर्न संसदीय समितिको निर्देशन



काठमाडौ, माघ २२ । संधिय संसद अन्र्तराष्ट्रिय सम्बन्ध समितिले न्यारोेबडी विमान खरिदमा कानुनी प्रक्रिया नमिलेको भन्दै सरकारलाई छानबिन गर्न मंगलबार निर्देशन दिएको छ ।

समितिका सभापति पवित्रा खरेले त्यहि समयमा अन्य एयरलान्स कम्पनीहरुले खरिद गरेका जहाजको मुल्यसूची समेतको अध्ययन गरी अध्ययन–अनुसन्धान र कारबाही गर्न निर्देशन दिएको जानकारी दिएकी छन् ।

समितले २०७५ मंसिरमा नेकपाका सांसद दिपकप्रकाश भट्टको नेतृत्वमा पाँच सदस्यीय छानबिन उपसमिती गठन गरेका थियो । सुरुमा एक महिना म्याद पाएको समितीले पाँच महिनापछि २०७६ बैशाखमा प्रतिवेदन समितीलाई बुझाएको थियो ।

तर, खरिद बिक्रिमा संलग्न नेपाली सरकारी अधिकारी तथा एजेन्टलाई तीन लाख ४० हजार युरो ‘घुस’ दिएको युरोपियन कम्पनी एयरबसको खुलासाबारे समाचार प्रकाशन भएपछि समितिले सरकालाई छानबिनको लागी निर्देशन दिएको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्