Logo

राजारानीको शैलीमा फोटो राखेको भन्दै प्रतिवाद



काठमाडौ । ‘तपाईहरु यही हुनुहुन्छ तर तपाईहरुकै फोटो राजारानीको जस्तो गरी राखिएको छ । यो फोटो राख्ने सामन्तवादीप्रवृति हो । राजावादी प्रवृति भयो । यो फोटो निकाल्नुहोस् यसपटक सक्नुहुन्न भने अर्कोपटक नराख्नुहोला ।’

नेकपा केन्द्रिय कमिटी बैठक चलिरहँदा केन्द्रिय सदस्य राजेन्द्र राईले उठेर यसरी कडा स्वरमा प्रतिवबद गरेपछि १५ माघमा राष्ट्रिय सभा गृहमा हंगामा मच्चियो । बैठक उद्घाटन को ब्यानरमा माक्र्स, एंगेल्सको सट्टा दायाँबायाँ केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो टाँगिएको थियो । त्यो दृष्य देखेर राईले मात्र होइन ,अर्का केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले पनि त्यस्तै शैलमिा प्रतिवाद गरे ।

युवा नेताहरु ठाकुर गैरे, लेखनाथ न्यौपाने लगायत दर्जनौ केन्द्रिय सदस्य नेतृत्वको त्यस्तो शैली देखेर रुस्ट भएका थिए । बैठकको माहोल नै बिग्रने देखेपछि आवाज सम्बोधन हुने भन्र्दै राई सहितका नेताहरुलाई थामथुम पार्ने प्रयास गरियो । नेता राईले फोटो टाँस्ने निर्णय कसले गरेको भन्दै थप प्रश्न पनि गरेका थिए । उनको थप प्रश्न थियो , ‘फोटो टाँस्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस राजाहरुको जस्तो भयो यो त ।’

यसअघि कम्युनिस्ट पार्टीका हरेक कार्यक्रममा माक्र्स लेलिनहरुको फोटो राख्ने गरिएको थियो । बैठकमा पुष्पलाल र मदन भण्डारीको तस्बिर राखिए पनि पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारकिो तस्बिर पनि राखिएको थिएन । जसले गर्दा धेरै केन्द्रिय सदस्य रुस्ट थिए । (बुधवार साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्