Logo

‘विष्णु पौडेलको सिरानीमुनी लालपूर्जा, विजय गच्छदारलाई मुद्दा’



काठमाडौं, २२ माघ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारलाई मुद्दा दायर गरेकोमा नेपाली काँग्रेसले आलोचना गरेको छ । काँग्रेस उपसभापति गच्छेदारप्रति पूर्वाग्रही भएको भन्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आलोचना गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत् शर्माले तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालका पालामा नीतिगत निर्णय भएको विषयमा विष्णु पौडेलको शिरानीमुनी लालपुर्जा भएको समेत उल्लेख गरेका छन् । पौडेलको नाम उल्लेख नगरी भनेका छन्, ‘एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपूर्जा ।’

शर्माले ललिता निवास प्रकरणमा व्यङ्ग्य समेत गरेका छन् । उनले एनिमल फार्म मा जर्ज अर्बेलको भनाई उदृत गर्दै लेखेका छन्, ‘सबै जनावर बराबर हुन्छन् तर केही जनावरहरु अरुभन्दा बढी बराबर हुन्छन् ।’



प्रतिक्रिया दिनुहोस्