अल्माटी, माघ २४ । झन्डै एक वर्ष लामो अन्तरिक्षको यात्रापछि बिहिबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टक्दै गर्दा क्रिस्टन कोच निकै हर्षित देखिन्थिन् ।
अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै समहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकर्षण सन्तुलनका लागी ‘मेडिकल टेन्ट’ तर्फ दौडाए । त्यसै क्रममा उनले आफु निकै खुशी भएको र उत्साहित भएको प्रतिक्रिया दिएकी छन् ।
खासमा उनी खुशी हुनुको मुख्य कारण उनको नाममा बनेको नयाँ किर्तिमान हो । लामो समय अन्तरिक्षमा बिताउने महिलाको रुपमा पेगी हिविट्सनको किर्तीमान तोडेकी थिइन ।कान्तिपुर दैनिकबाट