Logo

फैलियो भाइरसको त्रास



काठमाडौं, माघ २५ ।आँखाले देख्न नसकिने सूक्ष्म विषाणु भाइरसको संक्रमणले विश्वभर त्रास बढेको छ। पछिल्लो समय नयाँ भाइरसका रूपमा नोबेल कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि भाइरसको संक्रमणले हुने रोगलाई १० घातक सूचीकृत रोगअन्तर्गत राखेको छ। संक्रमणको महामारी निम्त्याउन सक्ने चिकित्सक बताउँछन्। भाइरसको संक्रमणले हरेक वर्ष कुनै न कुनै त्रास बढाउने गर्छ।

नयाँ भाइरसका रूपमा उत्पत्ति भएको नोबेल कोरोना भाइरसको संक्रमण बढेपछि डब्लुएचओले जनवरी ३० लाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको थियो। कोरोना भाइरसको संक्रमणबाट चीन, फिलिपिन्स र हङकङमा गरी ६ सय ३६ जनाको ज्यान गएको छ। ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएको जनाइएको छ।

अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्