Logo

प्रेरणाको दाइजो नेपाल ट्रस्टकै नाममा कायम



काठमाडौं, माघ २५ । काठमाडौँ। पूर्व अधिराजकुमारी प्रेरणा शाहले दाइजोबापत पाएको १५ रोपनी जग्गा नेपाल ट्रस्टकै नाममा कायम गर्ने कानुनी बाटो खुलेको छ । छाउनीमा रहेको उक्त जग्गा सरकारीकरण हुने सर्वोच्चको फैसलाविरुद्ध शाहको रिट शुक्रबार संवैधानिक इजलासले खारेज गरेको छ ।

रिट खारेजसँगै यसअघिको फैसला कार्यान्वयनको बाटो खुलेको हो । फैसला कार्यान्वयनका क्रममा रहेका बेला शाहले पुनः रिट दायर गरेकी थिइन् । पुनरावलोकनको फैसलाविरुद्ध रिट दर्ता भएकोमा कतिपयले आश्चर्यसमेत जनाएका थिए ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले रिट खारेज गरेको हो । पुनरावलोकन आदेश गलत भएको दाबीको रिट खारेज भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्