Logo

काउन्सिलर पदका लागि मतदान शुरु



काठमाडौँ, २५ माघ : नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ । सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान शुरु भएको जानकारी दिए । काठमाडौँमा निर्वाचन केन्द्रका सात हजार ६० मतदाता रहेका छन् । काठमाडौँको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ । देशभर निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्दैछन् ।

वाग्मती प्रदेशमा बृहत् प्रगतिशील एवं समावेशी समूहबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने चुनावी प्रतिस्पर्धामा छन् । प्रत्येक प्रदेशबाट एक-एकजनाका काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई-दुई जना गरी चौधले उम्मेदवारी दिएका छन् । प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु विसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीको उम्मेवारी दिएका छन् ।

सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ । ती काउन्सिलको कार्यकाल पाँच वर्षको हुनेछ ।

परिषद्मा १३ को हुनेछ । महान्यायाधिवक्ता अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एक-एक जना पाषद् सदस्य गरी सात जना बारले मनोनीत गरेको दुई जना गरी जम्मा १३ जना परिषद् रहने कानूनी व्यवस्था छ । परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ ।रासस



प्रतिक्रिया दिनुहोस्