Logo

सी र ट्रम्पबीच फोनवार्ता



२५ माघ : चिनीयाँ राष्ट्रपति सी जिनपिंग र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ । कारोना भाइरसको सन्दर्भमा शुक्रबार बिहान दवै देशका राष्ट्रपतिबीच फोनवार्ता भएको हो । उक्त फोनवार्तामा चिनीयाँ राष्ट्रपति सीले चीनमा फैलिएको कारोना भाइरस महामारीलाई जित्न पूर्ण विश्वास र क्षमता रहेको व्यक्त गरेका छन् ।

उक्त भाइरसको प्रकोपबाट चीनले छिट्टै उन्मक्ति पाउने विश्वास समेत व्यक्त गरेका छन् । उनले चीनको अर्थतन्त्र दिर्घकालीन रुपमा असर नपर्ने बताए । चीन र चिनीयाँ नागरिक नयाँ कोरोना भाइरस महामारीको प्रकोपबाट लड्न कुनै कसर बाँकी नराखेको समेत व्यक्त गरे । चीन महामारीको रोकथामका उपायहरु तुरुन्त परिचालन गरिएको समेत बताएका छन् । Photo Source : Financial Times



प्रतिक्रिया दिनुहोस्