Logo

सैनिक अधिकृतद्धारा २० जनाको गोली हानी हत्या



एजेन्सी, २५ माघ । थाइल्यान्डमा एक जुनिअर सैनिक अधिकृतले कमाण्डरसहित २० जनाको हत्या गरेका छन् । शनिबार नाखोन राचसिमा शहरमा भएको घटनामा ती सैनिकले अधिकृतले हतियार लुटेर उक्त हत्याकाण्ड मच्चाएका हुन् ।

जक्राफन्थ थोमा नामका ती जुनिअर अधिकृतले हतियार लुट्ने क्रममा आफ्नै कमाण्डको हत्या गरेका थए । त्यसपछि उनले सवारी चढेर सपिङ कम्प्लेक्समा पुगी अन्धाधुन्दा गोली चलाएका थिए । कम्प्लेक्स भित्र लुकेर आक्रमणका तस्बिरहरु समेत सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनले किन आक्रमण गरे भन्ने स्पष्ट भएको छैन । ती सैनिककी आमालाई घटनास्थलमा ल्याएर आत्मसमर्पणको वातावरण बनाउने पहल भएको छ । सैनिक अझैपनि सपिङ कम्प्लेक्स भित्र बसेर गोली चलाइरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्