२६ माघ : पूर्वी अफगानिस्तानमा शनिबार संयुक्त अभियानका दौरान अफगान र अमेरिकी सैनिकहरू बीचको गोलीबारीमा दुवै तर्फको सैनिकको ज्यान गएको छ । आक्रमणमा दुई जना अमेरिकी सैनिकको ज्यान गएको अधिकारीले जनाएको छ ।
आक्रमणमा करिब ६ जना अमेरिकी सैनिक घाइते भएका छन् । नानगाहार प्रान्तमा रहेको अमेरिकी र अफगानी सुरक्षाकर्मी भएको ठाउँमा आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ ।
अझै पनि १३ सय अमेरिकी सैनिक अफगानिस्तानमा रहेका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको जनाइएको छ ।
अमेरिकाले तालिवानसँग गरिरहेको वार्ता केही समययता स्थगित भएको छ । अफगानिस्तानमा अमेरिकी बर्चस्व घटे पश्चात आक्रमणमा थोरै सुधार आएको अमेरिकी अधिकारीले जनाएको छ । आक्रमणमा नाटोका कमाण्डर जनरल अस्टिन एस मिलरको झन्डै ज्यान समेत गएको जनाइएको छ ।