Logo

कोंकणको विकल्प खोजिँदै



काठमाडौ , माघ २६ । सरकारले जनकपुर–जयनगर रेल संञ्चालन गर्न कोंकण रेलवे कर्पोरेसनका कर्मचारी नियु्क्त नगर्ने भएको छ । नेपालमा भारतीय कम्पनी कोंकणले निर्माण गरेको रेल खरिद गरेर सञ्चालन गरिनेछ । अनुमान भन्दा बढी पारीश्रमिक तथा सेवा सुविधा दिनुपर्ने भएपछि स्रोतले नधान्ने भन्दै रेल विभागले उनीहरुलाई नियुक्त नगर्र्ने भएको छ ।

रेल विभागले कोंकणको विकल्प खोजिरहेको छ । सुरु चरणमा विभागले कोंकणका कर्मचारी करारमा नियुक्ति गरेर रेल सञ्चालन गर्ने योजना बनाएको हो । पारीश्रमीक सहमती नजुटेपछि विभाग पछि हटेको हो । सरकारले भारतीय कम्पनी कोंकणसँगै रेल खरिद गर्ने सम्झौता गरेकाले सोहीबाट कर्मचारी नियुक्त गर्दा सहज हुने अनुमान गरेको थियो । तर उनीहरु को कर्मचारी नियुक्त गर्दा महँगो पर्ने भएकोले अन्य विकल्प खोजिरहेको विभागका महानिर्देशक बलाराम मिश्रले बताए ।

रेल्वे विधेयक २०७६ संसदमा विचाराधिन अवस्थामा छ । भौतिक पुर्वाधार यातयातमन्त्री वसन्त नेक्वाङले पुस १८ गते राष्ट्रिय सभामा पेस गरेका थिए । विधेयक पास हुनु अघि नै सरकारले रेल सञ्चालनको कर्मचारी नियुक्त गर्ने बाटो खोलिसकेको छ । २०७६ माघ ६ गते मन्त्रीपरिषदले कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन गर्न विभिन्न ४५ पदको २ सय २६ दरबन्दी करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।यस्तै सोही दिनै रेल सेवा सञ्चालन का आवश्यक दक्ष श्रमिक नेपाली नागरिकबाट आपुर्ति हुन नसकेमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम २६ जनासम्म विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । (अन्नपुर्ण बाट)



प्रतिक्रिया दिनुहोस्