Logo

चिनमा रहेका नेपालीको उद्धारमा ढिलाई : सरकारको नियत नै खराब !



माघ २६, काठमाण्डौ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरस अझै नियन्त्रणमा आएको छैन । त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउने योजना पनि सफल हुन सकेको छैन ।

कोरोना भाइरसका कारण नेपाल सरकारलाई सबैभन्दा कठिन बनेको विषय हो चीनमा रहेका नेपालीलाई कसरी स्वदेश फर्काउने भन्ने । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्ने स्थान र त्यसको सुरक्षाबारे सरकार स्पष्ट हुन नसकेको हो । सरकारले पटक पटक छलफल गरिसकेको छ । तर कहिले ल्याउने, कहाँ राख्ने भन्ने विषय सरकारका लागि फलामको च्यूरा चपाएजस्तो भइरहेको छ । यससम्बन्धमा सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु तथा उच्च सुरक्षा अधिकारीहरुको बैठक पनि बसिसकेको छ ।

चिनमा रहेका नेपालीका अभिभावकलेस्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसम्म पुगेर आफ्ना सन्तानलाई उद्धार गरिदिन विलौना गरिसकेका छन् । अभिभावकहरु प्रधानमन्त्री कार्यलयसमेत पुगेर पुगेर ज्ञापन पत्र पनि बुझाइसकेका छन् । तर सरकारले चिनमा रहेका विद्यार्थीलाई नेपाल ल्याउँदा कोरोना भाइरस पनि भित्रिने हो कि भनेर डराएको जस्तो पनि देखिन्छ ।

चिनमा रहेका नेपालीको जीवन जोखिम राखेर सरकारले कुनै पनि बहानामा जिम्मेवारीबाट पन्छिन मिल्दैन । तर सरकार कानमा तेल हालेर बसिरहेको छ । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारको विश्वास नलागेर अन्य विदेशी निकाय तथा मुलुकलाई उद्धार गरिदिन आग्रह गर्न थालेको बताइएको छ । यति भइसक्दा पनि नेपाल सरकार गम्भीर बन्न नसक्दु लाजमर्दो कुरा हो ।

चिनबाट नेपाल फर्काएका नेपालीलाई कहाँ राखेर क्वारेन्टाइन प्रक्रिया पूरा गर्ने भन्नेमा सरकार अझै अन्योलमै देखिन्छ । भाइरसका कारण चिनमा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढिरहँदा त्यहाँ रहेका नेपालीहरु त्रसित छन् । सरकारले कहिले स्वदेश लगिदेला भनेर बसेका नेपालीहरु विचल्लिमा पर्न थालिसके । चीनबाट नेपाल ल्याएपछि उनीहरुलाई २ साता छुट्टै क्वारेण्टाइनमा राख्नुपर्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सर्ने अविधि २ देखि १० दिन हुने भनेकाले त्यस क्षेत्रबाट आएका मानिसहरुसँग २ सातासम्म अन्य मानिसको सम्पर्क हुन दिनुहुन्न । यहि चुनौतिको सामाना गर्न सरकारलाई सकस परेको हो ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन गरेका अन्य प्रयास पनि निकै फितलो देखिएको छ । कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर मेसिन जडान गरेको थियो । दुईमध्ये एउटा मेसिन दुई हप्ता पनि टिकेन । थर्मल स्क्यानरले उच्च ज्वरोलगायत कोरोना भाइरसको सम्भावित लक्षण देखिने व्यक्तिलाई रातो घेरामा संकेत गरेर सम्भावित जोखिमबाट बचाउँछ । तर, एउटा थर्मल स्क्यानर बिग्रिएको कारण अहिले एउटाले मात्रै यात्रुको स्वास्थ्य जाँच गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

०७० मा अफ्रिकी मुलुकमा इबोला फैलिएपछि सरकारले नेपालमा जोखिम न्यूनीकरणका लागि थर्मल स्क्यानर किनेर विमानस्थलमा राखेको थियो । दुई स्क्यानर एक करोडमा खरिद गरेको थियो । तिनै स्क्यानर अहिले प्रयोगमा ल्याइएको हो । नोबोल कोरोना भाईरस बाट बाँच्न नेपालमा जुन तरीकाले काम गर्नुपर्ने नियमित रुपमा क्वारेन्ट टाइन बाहेक सबै कामहरु गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ । टिआएमा नियमित हेल्थ डेक्स, सुचना सम्प्रेसन, आम नागरिकलाई जनाचेतना अभिबृद्धि लगायत कामहरु नियमित रुपमा गरेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण चीन, अमेरिका र जापानमा गरी ८ सयभन्दा बढिको ज्यान गइसकेको छ । विश्वभर करिब ३८ हजार मानिसमा यसको संक्रमण फैलिएको छ ।

https://www.youtube.com/watch?v=-1hQQdA2c5w



प्रतिक्रिया दिनुहोस्