Logo

अबको आइजीपी को ?



काठमाडौ, २७ माघ । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले ३० वर्षे अवधिको कारण मंगलबार अनिवार्य अवकाश पाउदै छन् । त्यसको एक दिनअघिसम्म पनि अबको आईजीपी को हुने निर्णय सरकारले गर्न सकेको छैन ।

खनाल २०७४ फागुन २८ मा नेपाल प्रहरीको २६ औं महानिरीक्षक बनेका थिए । सामान्य अवस्था र स्वाभाविक नेतृत्व चयन प्रणालीको विकास भइसकेको अवस्थामा वरिष्ठ एआईजी आइजीपीका हकदार हुन्थे । त्यही अनुसार एक महिना अघि नै बहावाल आईजीपी बिदामा बसेर भावी नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने चलन थियो । आफ्नो कार्यकाल बढाउन खनाल र उनका व्याजी लबिङमा लागेका थिए त त्यो संम्भव भएन । उनी बिदामा बसेका छैनन् । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्