चीनमा फैलिएको नयाँ कोरोना भाइरसबाट चीन लगायत विश्व नै त्रसित भएको छ । नयाँ कोरोना भाइरसबाट सोमवारसम्म मृत्यु हुनेको संख्या ९०९ पुगेको तथ्यांक छ । सन २००२/०३ मा फैलिएको ‘सार्स’ बाट मृत्यु हुने भन्दा धेरै कोरोना भाइरसबाट मृत्यु भएको जनाइएको छ ।
कोरोना भाइरसबाट चीनमा मात्र ४० हजार १७१ जना संक्रमित भएको छ । चीनबाहिर तीन सय भन्दा बढी भाइरसको संक्रमणमा परेको छ । गत डिसेम्बरबाट चीनको हुबई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।आइतवार विभिन्न अस्पतामा उपचार गराइरहेका ३ हजार २८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण दरमा कमी आएको जनाइएको छ । संक्रमित मानिसहरु निको भएर घर फर्कने क्रम शुरु भएकाले सकारात्मक संकेत देखिएको चिकित्सकहरु बताउछन् । भाइरसबाट चीनले छिटै उन्मुक्ति पाउने सकारात्मक विश्वास चिनियाँ सरकार र नागरिकको रहको छ ।