Logo

कांग्रेसले बोलायो केन्द्रीय समिति बैैठक, गच्छदारको मुद्दाबारे छलफल हुने



काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। आज (सोमबार) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनकाअनुसार बैठकमा क्रियाशील सदस्यता छानविन समिति गठन, उपसभापति विजयकुमार गच्छदारलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको मुद्दालगायतका विषयमा छलफल हुनेछ।



प्रतिक्रिया दिनुहोस्