Logo

महोत्सवमा ‘ड्रग एभ्युज’



काठमाडौ २७, माघ । प्रायः सबै अभिभावकको चाहना हुन्छ, आफ्ना सन्तानले ध्यान दिएर पढुन् , परिक्षामा उत्कृष्ट नम्बर ल्याउन् ,प्रथम बनुन । आफ्ना सपना पुरा गर्ने व्यक्तिको रुपमा पनि अभिभावकले सन्तातमाथी दबाब दिइरहेका हुन्छन् । अन्तत छोराछोरीमाथी मानसीक तनाब हुन्छ , उसले खराव संगत गर्न सक्छ र जिन्दगी नै समाप्त हुन सक्छ । ‘ड्रग एभ्युज’ नामक नाटकमा ९ कक्षामा पढ्ने रमेशको कथा हो यो । रसियन कल्चर सेन्टरको मञ्चमा रिलायन्स स्कुलका विद्यार्थीले यो नाटक प्रर्दशन गरे । बिरामी भएको अवस्थामा परिक्षा बिगारेर नम्बर थोरै ल्याएपछि रमेशको परिवारमा समस्या सुरु हुन्छ ।

स्कुलको शिक्षकले गाली गर्ने, घरका बाबुआमाले कुटपिट गर्ने, नमिठो बोल्ने गरेपछि रमेश स्कुल जादैँन् । गाउँकै पीपलबोटमा बसेर दूव्र्यसनीमा लागेकाहरुसँग संगत गर्छ । उनीहरुले रमेशलाई लागुऔषधको अम्मली बनाउँछन् । सबैको हेलहोचामा परेको रमेश अन्ततः ओभरडोज लागुऔषधको सेवनको कारण मर्छ । शैली थिएटर रसियन कल्चर सेन्टर र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको संयुक्तआयोजनामा एघारौ बाल नाटक महोत्सब चलिरहेको छ । माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवको पाँचौ दिन तीन नाटक मञ्चन गरियो । ड्रग एभ्युज संगै बिग्रेको बिर्खे र गरिबका मृगतृष्णा नाम नाटक आइतबार मञ्चन गरियो । यस पटक का महोत्सवका बाल नाटक पनि समावेश गरिएको थियो । (अन्नपुर्ण बाट)



प्रतिक्रिया दिनुहोस्