Logo

सरकारले गर्यो कोरोना भाइरस संक्रमित भएकाको उपचारको तयारी



काठमाडौं, २७ माघ । कोरोना भाइरसबाट संक्रमितका लागि सरकारले तयारी गरिसकेको जनाएको छ । संक्रमित भए उपचारका लागि ३६ अस्पतालमा एक सय ४७ शैया तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण भएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताल प्रारम्भिक उपचारका लागि तयारी अवस्थामा राखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका अनुसार कोरोना भाइरसको लक्षण फेला परे सर्वप्रथम टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको छ। उपत्यकाका अस्पतालहरुलाई कोरोना भाइरसको संक्रमणको उपचारका लागि तयारी अवस्थामा राख्नेबारे समेत केन्द्रले छलफल गरेको छ । सरकारले चीनबाट ल्याइनेहरुलाई राख्ने व्यवस्था समेत गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्