Logo

संसद बैठक अवरुद्ध नगर्ने कांग्रेसको निर्णय



काठमाडौं, २८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध नगर्ने नभएको छ । संसद बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक बसेर उसले यस्तो निर्णय गरेको सांसद भीमसेनदास प्रधानले जानकारी दिए ।

संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा परेपछि कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको थियो । तर, आज बसेको संसदीय दलको बैठकले भने अब संसद अवरुद्ध नपार्ने निर्णय गरेको सांसद प्रधानले जानकारी दिए ।

सांसद प्रधानकाअनुसार आजको बैठकमा यो प्रकरणमा पार्टीले संसद नै अवरुद्ध गर्नु गलत भएकोबारे सांसदहरुले धारणा राखेका थिए । उनले भने,‘संसद अवरुद्ध गर्नै हुँदैन थियो । अब अवरुद्ध गरिसकेपछि फेरि एक्कासी अवरोध नगर्ने निर्णय गर्नु उचित होईन, यसबारेमा बहस हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्