विराटनगर, २८ माघ । पाँच वर्षअघि नेपाली जुट उद्योगबाट उत्पादित वस्तु निर्यात गर्दा भारत सरकारले लगाएको काउन्टर भ्यालिङ ड्युटी (सिभिडी)को २० करोड रुपैयाँ फिर्ता नआएको उद्योगीहरुले गुनासो गरेका छन् ।
भारत सरकारले नेपालबाट निर्यात भएर जाने जुटका सामाग्रीमा १२ प्रतिशत सीभीडी लगाएको रकम फिर्ता नदिएको उद्योगीहरुको गुनासो गरेका छन् । स्वस्तिक जुटका सञ्चालक रमेश राठीका अनुसार भारत सरकारले सन् २०१५ जुलाई १७ देखि नेपाली उद्योगबाट उत्पादित जुटका वस्तुमा सीभीडी लगाएको थियो । उद्योगीले सन् २०१६ डिसेम्बर १६ मा त्यहाँको राजस्व विभागमा सीभिडी विरुद्ध विरोध पत्र दर्ता गराएका थिए ।(गोरखापत्रबाट)