मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले तत्कालीन चलचित्र बोर्डका अध्यक्ष स्वर्गीय केशव भट्टराईको परिवारलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।
संघको आइतबार सम्पन्न चौथौ अभिवेशन मा भट्टराई परिवार सहयोग समितीका संयोजक एंव विकास बोर्डका पुर्वअध्यक्ष रुाजकुमार राईलाई नगद हस्तान्तरण गरिएको थियो । संघ मकवानपुर अध्यक्ष मणिराज गौतम तथा बाग्मती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले नगद हस्तान्तरण गरेका थिए ।(कान्तिपुरबाट)