Logo

एनसेलको मेरो प्लान : यस्तो छ सेवा र फाइदा



माघ २८, काठमाण्डौ । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सस्तो दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

मंगलबार (पुस २९) देखि लागु हुने यो योजनामा एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र ९५.७७ मा २ जिबी डेटा पाउने छन्। यो प्लान अन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्क भित्र करसहित मात्र १.२८ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् ।

त्यसैगरी ६ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहित मात्र १९१.५४ रुपैयाँमा मा ६ जिबी (४ जिबी ं २ जिबी भिडियो डेटा) पाउने छन्। यो प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगल प्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सकिने छ ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विषेशता रहेको यो प्लान अन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् ।

साप्ताहिक प्लान अन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् ।

यस योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतः नविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट करसहित २.५४ मा प्रयोग गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्