Logo

उदयपुरमा जीएम नहुँदा…



काठमाडौं, २९ माघ । लुकामारी कस्तो भने मन्त्रालयबाट प्रधानमन्त्री परिषद्मा प्रस्ताव पुग्ने, इच्छाइएको व्यक्ति सिफारिस नभई दिँदा आठ महिनासम्म फाइल टेबलकै घर्रामा अड्काएर फिर्ता हुने । यस्तो लफडा चलिरहेछ वर्षदिनदेखि । यस्तै कारण तीन वटा सरकारी निकायले हाकिम पाउन सकेका छैनन् र निमित्तको भरमा चल्दैछन् । समस्यामा उद्योग मन्त्रालय मातहत उदयपुर सीमेन्ट, खानी तथा भुर्गभ विभाग र औषधी व्यवस्था लिमिटेड छन् ।

उदयपुरका सुरेन्द्र पौड्याललाई आयल निगमा तानिएसँगै त्यहाँ जिएम पद रिक्त छ । सुरेन्द्रलाई यता ल्याएको दुई महिनाभित्रै नयाँ जिएम नियुक्ति प्रक्रिया अगाडी बढ्यो अघिल्लो वर्ष फागुनमा । हेटौडा सीमेन्ट र उदयपुर सँगसँगै जस्तो महाप्रबन्धकविहिन बने पनि हेटौडाले डिजिएम प्रेमशंकर साहलाई अघिल्लो वर्ष महाप्रबन्धकलाई जिम्मा दिएको हो ।

३ दशकदेखि उदयपुर सिमेन्टमै कार्यरत नवलकिशोर साहलाई जिएम बनाउन खोजियो । तर , कार्यविधीमा महाप्रबन्धक बन्न कम्तीमा डिग्री हुनुपर्ने हुदाँ घुसाइएका कारण साहले आवेदन नै दिन पाएनन् । त्यहाँ निमित्त चलिरहेका उनले कमिसनको चक्करमा चाहिने भन्दा नचाहिने सामान किनेर उद्योगलाई झन् धरायशी बनाइरहेको कर्मचारीको आरोप छ ।

अहिले अयोग्य मान्छेले उद्योग चलाइरहेका छन् । दैनिक ८ सय टन उन्पादन क्षमता भएको उदयपुर सीमेन्टले ६ सयमा चित्त बुझाउदै आएको छ । (जनआस्था साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्