Logo

चीनसँगको आवतजावत बन्द गर्नुपर्छ : डा. दिक्षित



डा. सुन्दरमणि दिक्षितले चीनमा रहेका नेपालीहरुलाई उद्धार गर्नुपर्ने धारणा राखेका छन् । तर, विश्व स्वास्थ्य संगठनले भनेबमोजिम र उसको मापदण्डअनुसार नेपालले आफ्नो तयारी गर्नुपर्ने उनको भनाई छ । उनले त नेपालीहरुलाई स्वदेश फर्काएपछि उनीहरुलाई क्वारेन्टाईनमा राख्ने कुरा पनि डब्लु.एच.ओ.ले भनेबमोजिम हुनुपर्ने तर्क गरे । र, उक्त क्वारेन्टाईनको सम्पूर्ण रेखदेख भने नेपाली सेनाले गर्नुपर्ने तर्क गरे ।

चीनबाट बन्धक बनेर बसेका नेपालीहरुलाई कसरी ल्याउने ?

पहिलो कुरा नेपालीहरुले नेपालीहरुले नेपालीकोको मद्दत गर्नुपर्छ । यसमा कुनै शंका छैन् । चीनमा भएका जो नेपालीहरु नेपाल आउन चाहन्छन्, उनीहरुलाई नेपाल ल्याउनुपर्छ । कोही कोही आउन चाहँदैनन्, त्यो भीन्दै कुरा हो । उनीहरुलाई सक्दो छिटो नेपाल ल्याउनुपर्छ । तर, त्यो ल्याउँदाखेरि उनीहरुको ज्यान बचाउन जसरी हामी अगाडि बढ्छौं । काठमाडौं उपत्यकाभित्रको र समग्र नेपालमा बस्ने नागरिकहरुको पनि ज्याउन बचाउनेतर्फ हामीले ध्यान दिनुपर्छ । यसको लागि हामीले दुवै तर्फको कुनै हानी नहुनेगरि गर्नुपर्छ । त्यसको लागि दुई तीन वटा कुरा एकदमै आवश्यक छन् । पहिलो नम्बरमा त नेपाल ल्याउनको लागि प्लेन जाँदैछ, जो व्यक्ति जाँदैछन् । उनको प्रोटेक्टिभ क्लोथिंग जुन हुनुपर्छ, जुन गाउनहरु हुनुपर्छ । ती सबै डब्लु.एच.ओबाट स्यांक्शन हुनुपर्छ । उसले ओके भन्नुपर्छ । नम्बर दुई, त्यहाँबाट नेपाली जो नेपाल आउँछन्, चीनमै (डिर्पाचर लाउञ्ज) मा उनीहरुको रगत जाँच भएर पठाउनुपर्छ । दुई दिनमा सबै रिपोर्ट आईहाल्छ । र, उनीहरुलाई नेपालमा राख्ने ठाउँको बारेमा पनि विश्व स्वास्थ्य संगठनले ओके भन्नुपर्छ । नेपालमा त भनसुनमा जे पनि चल्छ । नेपालमा कोरोना भाईरस आयो र त्यो सर्यो भने हामी त बर्वाद हुन्छौं । त्यसैले हामीले यो काम डब्लु.एच.ओ. को परामर्श र स्विकृतिबिना गर्न हुँदैन् ।

तर, त्यसको लागि त ढिलो हुन्छ नि ?

यो वैज्ञानिक कुरा हो । हेर्नुहोस भावनामा बगेर हुँदैन् । यो राजनीतिक कुरा होईन् । दुई सय जना त्यहाँ छन् भन्ने छ, त्यहाँ लाग्यो भने त दुई जनालाई लाग्ला । तर, काठमाडौं उपत्यकाभित्र ल्याईयो भने हजारौं मान्छेलाई त्यो रोगले संक्रमण गर्न सक्छ । उनीहरुलाई सक्दो चाँडो नेपाल ल्याउनको लागि हामीले पनि प्रयास गर्नुपर्छ । तर, मापदण्ड नपुगी ल्याईयो भनेदेखि उनको दुई सय मान्छेकोलागि यहाँको लाखौं मान्छेलाई खतरामा राख्नुहुँदैन् । दुवैतर्फ हामीले विचार गर्नुपर्छ । सरकारको काम के त ? सक्दो छिटो गर्ने हो । तर, गर्दाखेरि मापदण्ड पुर्याउनुपर्छ । यसमा दबाब भन्ने कुरा हुँदैन् । यसमा ज्यानको कुरा छ । यो भाईरसबारे ज्ञान नै छैन् । ल्याउनुपर्छ । तर, शनिबार नै ल्याउँछौं भनेर हुँदैन् । भावुकतामा दौडिने कुरा होईन् । विश्व स्वास्थ्य संगठनको स्विकृतिबिना ल्याउनुहुँदैन् । भारतजस्तोले त चीनबाट आउनेहरुलाई भारत प्रवेशमा रोक लगाएको छ ।

चीनबाट आउनेहरुलाई नेपालमा पनि प्रवेश निषेध गर्नुपर्छ भन्ने तपाईको भनाई हो ?

हो, चीनबाट आउनेहरुलाई प्रवेश निषेध गर्नुपर्छ । हाम्रो सरकारको ध्यान कहाँ छ ? उ त भ्रमण वर्षमा लागेको छ । नेपालमा यो भाईरसको संक्रमण फैलियो भने नेपालमा धेरै गाहो हुन्छ । सरकारले चिनियाँबाट आउनेहरुलाई रोक्नुपर्छ । नेपालीहरुलाई ल्याउँदा डब्लु.एच.ओले भनेबमोजिम क्वारेन्टाईन बनाउनुपर्छ । हाम्रो सरकारले वैज्ञानिक रुपमा कुनै कदम चाल्दैन् । जहाँ राखिन्छ, त्यहाँ कडा निगरानी हुनुपर्छ । मिलिटरीले नै नियन्त्रण गर्नुपर्छ । उच्च सतर्कता अपनाउनुपर्छ ।

उद्धारको लागि नेपाल सरकारले नेपाल वायुसेवा निगमका चालकहरुलाई आजबाट तालिम दिँदैछ, यो कतिको जायज हो ?

यो रोग हामी रोक्न सक्दैन् । नियन्त्रण गर्ने सम्भावना छैन् । नेपालसँग कम क्षमता छ । पाईलटहरुलाई पठाउन खोज्दैछौं । दुई सय जना लिनलाई अहिले तालिम दिने कुरा यो रविस हो । चीन जाने जहाज रोक्नुपर्छ । उताबाट आउनेलाई पनि रोक्नुपर्छ । भारतले पनि रोकिसकेको छ । चिनियाँ त हाम्रो देशमा छ्यापछ्याप्ती छन् ।



प्रतिक्रिया दिनुहोस्