Logo

जनयुद्ध दिवस : ओलीको सहभागिता, वैद्यको आक्रोष (भिडियोसहित)



माघ २९, काठमाण्डौ । तत्कालिन विद्रोही नेकपा माओवादीले २०५२ फागुन एक गते सशस्त्र विद्रोह थालेको सम्झनामा जनयुद्ध दिवस विभिन्न पार्टीमा विभाजित दलहरुले अलग अलग मनाउँदैछन् । शसस्त्र विद्रोह शुरु भएको दिनलाई तत्कालिन माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । तर ततकलिन माओबादीबाट विभाजित बनेका दलहरुले एक अर्र्काको अस्तित्व अस्विकार गर्दै फकर फरक मनाउने तयारी गरेका छन् । यसपटक त सत्तारुढ दलले पनि दिवस मनाउने भएको छ ।

तत्कालिन माओबादी अहिले नेकपा एमालेसंग एकीकरण हुदै नेकपा बनेको छ । यसको नेतृत्व जनयुद्धका सप्रिम कमाण्डर पुष्पकमल दाहालले गरेका छन् । माओवादी केन्द्रबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गर्दै अहिले सामाजबादी पार्टीसंग पार्टी एकता गरिसकेका छन् । माओबादी पार्टीबाट अलग भएर मोहन वैद्य किरणले नेकपा (क्रान्तिकारी माओवादी) गठन गरेका छन् भने र नेत्रविक्रम चन्द विप्लवले पनि माओवादीबाट अलग भएर नेकपा (माओवादी) पार्टी गठन गरेका छन् ।

यसबाट स्पष्ट हुन्छ कि जनयुद्धका सुत्रधारहरु अहिले तितरवितर भइसके । जनयुद्ध सुरु गर्दा जे लक्ष्य लिइएको थियो त्यसलाई पूरा नगरी नेताहरु स्वार्थमा लागेको आरोप लाग्दै आएको छ । १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए । उनीहरुको बलिदानलाई लत्याएको आरोप नेताहरुले एकअर्कालाई लगाउने गरेका छन् । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यका अनुसार १० बर्षे जनयुद्ध सुरु गर्दा नेपालमा पुरानो राज्यसत्ता दलाल, पुजीवादी, सामादवादीको सत्ता बिरोधको विकल्पमा नयाँ वैज्ञानिक बिचार सुरु गर्ने लक्ष्य लिइएको थियो । देशमा गणतन्त्र आउनुबाहेक अरु उपलब्धि नभै पुष्पकमल दाहाल र बाबुराम भट्टराईले बाटो मोडेको वैद्यको आरोप छ ।

अनौठो त के छ भने सत्तारुढ दल नेकपाले जनयुद्ध दिवस मनाउने भएको छ । कुनै बेला जनयुद्ध शब्दसमेत सुन्न नचाहने प्रधानमन्त्री केपी ओली पनि यसपटकको दिवसमा सहभागि हुने भएका छन् । यसले पूर्व माओवादी र पूर्व नेकपा एमालेबीच भावनात्मक रुपमा नै एकता भएको सन्देश दिने विश्वास गरिएको छ । तर जनयुद्धका सारथी तथा अहिले नेकपाका नेता देव गुरुङ पनि जनयुद्धको लक्ष्य पूरा नभएकोमा नेकपाका नेता देव गुरुङ नै असन्तुष्ट छन् । तर पूर्व नेकपा एमालेले पनि जनयुद्ध दिवस स्विकार गर्नुले पूर्व माओवादीहरु खुशी देखिन्छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनयुद्ध दिवस पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मनाउने भएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा सहभागी हुने भएका छन् । फागुन एक गते बिहान ९ वजे हुने कार्यक्रममा दुबै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

https://www.youtube.com/watch?v=1yCdP5hDDbA&feature=youtu.be



प्रतिक्रिया दिनुहोस्