Logo

‘भारतसँग छिट्टै वार्ता’



काठमाडौँ, १ फागुन । नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ ।

भारतले पनि समस्या उठेका स्थानमा वार्ता र संवादको माध्यमबाट समाधान गर्न स्वीकार गर्दै एक पटक जवाफ दिएको छ । वार्तामा बस्न तयार भारतकै कारण नयाँ वार्ताको मिति भने तय हुन सकेको छैन । भारतले कहिले अर्को जवाफ पठाउला र वार्ताको मिति तय होला भनेर नेपाल पर्ख र हेरको अवस्थामा छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने वार्ताका माध्यमबाट सीमा समस्या समाधान हुने विश्वास गर्नुपर्छ । “नेपाल भारतबीच निश्चय नै यसबीचमा सीमा समस्या बल्झिएको छ”, बुधबार गोरखापत्रसँगको विशेष कुराकानीका क्रममा उनले बताएका छन् । “तर यो आज उत्पन्न समस्या हैन ।

हिजोको इतिहासले हामीलाई बोकाइदिएको एउटा विरासत हो । ” उनका अनुसार हिजोका शासकहरू, हिजोको राज्य प्रणाली सतर्क नहुँदा, पहल नगर्दा, लापरबाही गर्दा या यथेष्ट राष्ट्रिय सहमति जुटाउन नसक्दा उत्पन्न समस्या हुन् ।(गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्