Logo

बाटोमै कुहिन्छ कर्णाली पठाएको चामल



अहिले पनि कर्णाली खाद्य सुरक्षाको जोखिममा छ । कर्णालीलार्ई बार्षिक रुपमा करबि तीन लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । तर आपुर्ति भने निकै न्युन छ । भने, कर्णालीमा बर्सेनि तीन लाख २६ हजार पाँच सय ७३ मेट्रिकटन खाद्यान्न उत्पादन हुने सरकारी तथ्यांक छ । भने, कर्णाली २५ हजार चार सय २८ मेट्रिकटन खाद्यान्न आयातमै निर्भर रहेको पाइएको छ ।

त्यसैले पनि साविक कर्णालीका नागरिक खाद्यसंस्थानले दिने अनुदानको चामलमै आश्रित छन् । खाद्यको चामलमै निर्भर भएर होला, एकदशक पहिलो जुम्लामा र अहिले हुम्ला डोल्पामा खाद्यको चामल पाउन नेता गुर्हानुपर्ने अबस्था छ । भौगोलिक रुपमा निकै विकट हुम्लामा महिनौदेखि चामल नपुग्दा स्थानीयले खाद्यन्नको समस्याले जेलिरहेका छन् । भने यता जुम्लामा करिब ३ हजार ७ सय ५८ क्वइन्टल ६५ किलोे चामल मौज्दात रहेको छ । चालु आवमा जुम्लालाई ३ हजार ९ सय ३४ क्वइन्टल ७० किलो चामल प्राप्त भएको थियो । खाद्य संस्थानका प्रमुख तिलक सार्कीले भने, गत आवको करिब १९ सय ८८ क्वईन्टल ३० किलो चामल मौज्दात थियो । सबैगरी जुम्ला खाद्य संस्थाका दुई गोदामा रहेका ५ हजार ९ सय २३ क्वईन्टल चामल मध्य हाल सम्म २१ सय ६३ क्वईन्टल मात्रै विक्री भएको प्रमुख सार्कीले बताए । भने, विगतका वर्ष भन्दा चामल बढी विक्री नभएपनि चालु आवको अहिले सम्म करिब ९७ लाख बराबरको चामल विक्री भएको खाद्य संस्था जुम्लाले जनाएको छ ।

बाहिर खाद्यमा चामल अभाव भन्ने हल्ला मात्रै हो । सार्कीले भने, हामी संग १÷२ वर्षका लागि चामल मौज्दात छ । आबश्यकता अनुसार कर्णालीका अन्य जिल्लामा पठाउन सकिन्छ । तर भौगोलिक विकटता, ढुवानीको मुख्य समस्याले गर्दा साविक कर्णालीमा कतै चामल मौज्दात हुने, कतै महिना वर्षदिन नपुग्ने समस्या रहेको छ । अरुवा मोटा, जापानिज, जिरा मसिनो मध्यम लगायत धेरै प्रकारको चामल सस्तो पाईन्छ । (कारोबार दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्